दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार भने बढ्यो

  २०८० माघ २८ गते १५:२१     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ बिन्दुमा झरेको हो ।

परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । गत बिहीबार ३ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार भने ४ अर्ब माथिको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका ३०५ वटा स्क्रीप्समध्ये हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ६२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि ५.९० प्रतिशतले बढेर प्रतिकित्ता ६९४.९० रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २० अर्ब पुर्याउन ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना बनाएसँगै कम्पनीको सेयर मूल्यमा भने खासै प्रभाव नपरेको आइतबारको कारोबारले देखाएको छ ।

घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये समाज लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

आइतबार विकास बैंक, हाइड्रो समूह र म्युचुअल फण्ड बढेका छन् भने बाँकी समूह ओरालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.