काठमाडौं महानगरविरुद्ध व्यवसायीको प्रदर्शन

  २०८० माघ २८ गते १३:४५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका छन् ।

आईतबार राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा महानगरको विरोध प्रदर्शन तथा काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाए ।

उनले आफूहरुले फुटपाथ व्यवसायीहरलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरु लुटरेर लिएर गएको बताए । महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका माग सम्बोधन गर्नुपर्ने बताए । त्यस्तै अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरुले गरिखान पाउनुपर्ने र वैकल्पिक ठाउँ दिनुपर्ने बताए । काठमाडौं महानगरपालिका व्यापारीको व्यवस्थापन भन्दा पनि बेरोजगार बनाउन उद्धत भएको आरोप लगाए ।

प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दवाद, राजु पाण्डे मुर्दावाद, पुँजीवादी मेयर चाहिँदैन लगायतका नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.