होन्डाले ल्यायो ‘एसपी १२५’, ५ हजार तिरेर बुकिङ्ग गर्न सकिने

  २०८० माघ २३ गते १६:५८     विकासन्युज

काठमाडौं । होन्डाले आफ्नो नयाँ मोटरसाइकल ‘एसपी-१२५’ नेपालमा बिक्री सुरु गर्ने भएको छ । कम्पनीले चाँडै बजारमा ल्याउन लागेको एसपी-१२५ को बुकिङ्ग खुल्ला गरेको हो ।

होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले नाडा अटो शोमा २०२३ मा देखाएको एसपी-१२५ बुकिङ गर्न चाहकने जो कोहीले ५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् ।

होन्डाले भारतमा भन्दा पहिला अटो शो मार्फत सार्वजनिक गरेको मोटरसाइकल बिक्रीको लागि भने अब उपलब्ध गराउने भएको हो ।

कम्पनीले दुई भेरियन्टमा एसपी-१२५ विक्री गर्ने तयारी गरेको छ । कम्पनीले एसपी-१२५ डिआरएसको मूल्य २ लाख ७८ हजार ९०० र एसपी डिडिएसको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।

होन्डा एसपी-१२५ मा १२३.४ सीसी सिगंल सिलिन्डर ४ स्ट्रोक इन्जिन रहेको छ । यो इन्जिनले १०.७२ बीएच पावर तथा १०.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

साइनभन्दा स्पोर्टी लुक भएको एसपी-१२५ को फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा कम्वी ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।

एसपी-१२५ मा अलोय ह्वील, आकर्षक एलइडी हेडल्याम्प, स्टाइलिस फ्यूल ट्याङ्क पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.