नेपाली बजारमा ५९ लाख ४९ हजारको ओमोडा ई५ सार्वजनिक

  २०८० माघ २३ गते १३:१०     विकासन्युज

काठमाडौं । नेपाली बजारमा ओमोडा ई५ सार्वजनिक गरेको छ । एसपिजी अटोमोबाइल्सले ओमोडा ई५ गाडी नेपालमा सार्वजनिक गरेको हाे ।

कम्पनीका अनुसार यसमा ६१ केडब्ल्यू (किलोवाटआवर) को ऊर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री छ जसले ४३० किलोमिटरको (डब्ल्यूएलपिटी मानक) रेन्ज प्रदान गर्दछ। ओमोडा ई५ गाडी फ्रन्ट-माउन्टेड इलेक्ट्रिक मोटर र ३४० न्यूटनमिटर टर्कद्वारा सञ्चालित हुन्छ ।

५९ लाख ४९ हजार रूपैयाँको प्रारम्भिक मूल्यमा सार्वजनिक गरिएको ओमोडा इ५ अत्याधुनिक सुविधाले सुसज्जित रहेको छ । एलइडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, कालो, नीलो र सेतो टोनको छालाको सिट र २४.६ इन्चको डुअल स्क्रिन जस्ता विशेषताहरूद्वारा यो गाडी सम्पन्न रहेको छ । यसमा विभिन्न उन्नत ड्राइभर असिस्टेन्स सिस्टम सुविधा पनि रहेको कम्पनीले बताएको छ ।

जसमध्ये लेन डिपार्चर वार्निङ र प्रिभेन्सन्, ब्लाइन्ड स्पट डिटेक्सन, इमरजेन्सी लेन किपिङ, रियर क्रस ट्राफिक एलर्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ र अटोनोमस इमरजेन्सि ब्रेकिङ, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा १७ वटाभन्दा बढी अन्य एडिएएस सुरक्षा सुविधाहरू पर्दछन् । यसको बाहिरी एक्स्टेरियरमा, एक्स–आकारको फ्रन्ट फेस र डायनामिक फास्टब्याक आकार, स्ट्याग्रड मेट्रिक्स टेललाइट, टी–आकारको डेटाइम रनिङ हेडलाइटसहित अत्याधुनिक र मनमोहक डिजाइन छ ।

भित्र इन्टेरियरमा, २५६ रङको एम्बियन्ट लाइट, सोनीको प्रिमियम ८ स्पिकर सहितको क्रोम डोर ह्यान्डल, इलेक्ट्रिक सनरूफ, ५० वाटको वायरलेस फोन चार्जर, भेन्टिलेटेड सिटहरू, ६ वटा एयरब्याग जस्ता सुविधा पाइन्छ, जसले प्रयोगकर्ताहरूलाई सहज, आरामदायी र समृद्ध यात्रा अनुभव प्रदान गर्दछ ।

यसको अर्को आकर्षण, २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.