इण्डियन आइडलबाट बाहिरिएपछि मेनुकाले भनिन्ः नसोचेको सफलता हात पारेँ

  २०८० माघ २२ गते १८:२२     विकासन्युज

काठमाडौं । गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छिन् ।

आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमवार गृहजिल्ला झापा आइपुग्नुभएकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताइन् ।

उनले भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको बताइन् । आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुशी मिलेको बताउँदै उनले यस्तो सफलता आफूले बिरलै पाउने समेत भनाई राखिन् । साथै, बलिउडमा धेरै गीतहरु गाउनका लागि आफूलाई अफर आइरहेको जानकारी गराइन् ।

गायिका पौडेललाई सोमबार झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए । उनले २०७४ सालमा नेपाल आइडलमासमेत प्रतिष्पर्धा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.