सूर्यज्योति लाइफको नाफामा ६३ प्रतिशत छलाङ, जीवन बीमा कोष साढे ३० अर्ब पुग्यो

  २०८० माघ २२ गते ७:३१     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ६३ प्रतिशत बढेर २३ करोड ६६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन ५९.७३ प्रतिशत बढेर ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६८ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

६ महिनाको अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ६२ करोड २६ लाख रुपैषँ दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ, रिटेन्ड अर्निङ १ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ति कोष ३३ करोड १३ लाख रुपैयाँ र जीवन बीमा कोष ३० अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको नाफा नाफा बढेसँगै प्रतिसेयर आम्दानी ४.०२ रुपैयाँ बढेर १०.४१ रुपैयाँ पुगेको छ । कम्पनीको नेटवर्थ प्रतिसेयर १६५.१५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५१.८७ गुणा छ ।

यस अवधिमा कम्पनीको कुल लगानी २९.२४ प्रतिशत बढेर ३३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.