रसुवाको नौकुण्डमा स्वास्थ्य शिविर सञ्चालन

  २०८० माघ २० गते ९:५८     विकासन्युज

रसुवा । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ साङ्युलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ग्रामीण बस्तीका बासिन्दालाई स्थानीयस्तरमै निःशुल्क सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो ।

इजिप्टको कायरो विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययन गरेर नेपालका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले स्थापना गरेको एएनएमएस संस्था र नौकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको स्वास्थ्य शिविरबाट ९० छात्रछात्रासहित कूल दुई सय ७० जनाले सेवा प्राप्त गरेका नौकुण्ड–१ का वडाध्यक्ष कान्छा तामाङले जानकारी दिए । शिविर सञ्चालन गर्न उत्तरगया गाउँपालिका–५ लहरेका बासिन्दा तथा हाल जिवजिवे ग्रामीण अस्पतालमा कार्यरत डा सरोज श्रेष्ठले अगुवाइ गरेका हुन् ।

स्वास्थ्य शिविरमा विभिन्न रोगको परीक्षण गर्नुका साथै औषधि समेत प्रदान गरिएको डा. निहारिका शर्मा गैरेले जानकारी दिइन् । चिकित्सक टोलीले छात्रछात्रालाई स्वास्थ्य परीक्षणका साथै विभिन्न पाठ्य सामग्रीसमेत वितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.