नेपाल र क्यानाडाबीचको खेल डिशहोममा प्रसारण हुने

  २०८० माघ १९ गते १६:००     विकासन्युज

काठमाडौं । क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको द्विपक्षीय खेल डिशहोमको एक्सन स्पोर्ट एचडीवानमा प्रसारण हुने भएको छ ।

सो खेल यही फेब्रुअरीमा हुनेछ भने ओडीआईका खेलहरु टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा खेलिनेछ । यस खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट एचडीवान र डिशहोम गोबाट हुने डिशहोमले बताएको छ ।

एक्सन स्पोर्टले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.