चौधरी पक्राउ सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अपिल

  २०८० माघ १९ गते १०:२४     विकासन्युज

काठमाडौं । व्यवसायी अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार विना नै नेपाल प्रहरीले छानविनका नाममा पक्राउ गरेकोमा सरकारले गरेको त्यस कार्यको नाडाले घोर भत्सना गरेको जनाएको छ ।

चौधरी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सदस्य, सीजी होल्डिङ्गसका अध्यक्ष, प्रवन्ध निर्देशक तथा देशको ठूलो औद्योगिक घरानासँग सम्बद्ध छन् ।

‘सम्बन्धित विषयकाे गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई नाडाले आग्रह समेत गरेको छ । प्रहरीले गिरफतारी तत्पश्चात मात्र समस्या पहिल्याउने प्रबृत्तिले व्यवसायीहरुलाई थप हतोत्साहित मात्र बनाएको छैन यसले आउदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ’ विज्ञप्तीमा बताइएको छ ।

पहिला आवश्यक छानविन र सत्यतथ्य यकिन गरेर मात्र कानूनी प्रकृयालाई अघि बढाउन सरकारलाई आग्रह गरिएको समेत नाडाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.