आहा रारा गोल्डकपको सेमि फाइनल र फाइनल म्याच डिशहोम गोमा हेर्न पाइने

  २०८० माघ १९ गते ९:५८     विकासन्युज

काठमाडौं । कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ ।

सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभिजन र एपमा पनि हेर्न पाइने भएको हो । त्यसका लागि डिशहोमकै एप ‘डिशहोम गो’ मा विहीबारको सेमिफाइनल र शनिबारको फाइनल खेल प्रत्यक्ष प्रशारण हुने छ ।
सेमिफाइनलमा आज ए डिभिजन लिग विजेता चर्च ब्वाइज र विभागीय क्लब त्रिभुवन आर्मी भिड्दै छन् । आजको विजेताले शनिबार थ्रीस्टारसँग उपाधि भिडन्त गर्ने छ । थ्री स्टारले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.