सामसुङ इलेक्ट्रोनिक्सको नाफामा ठूलो गिरावट, टीभीका दर्शक घटे

  २०८० माघ १७ गते १८:४७     विकासन्युज

काठमाडौं । दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको नाफामा गिरावट आएको छ । कम्पनीले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको हो । स्थानीय रूपमा निर्मित ब्राण्डहरूको कमजोर विश्वव्यापी मागले चिप्सबाट हुने आम्दानी घट्दा घाटा निम्त्याएको कम्पनीले जनाएको हो ।

सन् २०२३ मा सामसुङको सञ्चालन नाफा ८४.९ प्रतिशतले घटेर ६.५७ ट्रिलियन पुगेको छ । पछिल्लो समयमा विश्वव्यापी वित्तीय सङ्कटले विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ । त्यस्तो प्रत्यक्ष असर यस कम्पनीमा पनि परेको हो । राजस्व १४.३ प्रतिशतले घटेर २५८.९४ ट्रिलियन ओन कायम भएको छ ।

कम्पनीको अक्टोबरदेखि डिसेम्बरको तीन महिनामा मात्रै सञ्चालन नाफा ३४.४ प्रतिशतले घटेर २.८२ ट्रिलियन कायम भएको बताइएको छ । चौथो त्रैमासिकमा राजस्व ३.८ प्रतिशतले घटेर ६७.७८ ट्रिलियन ओन र आय ७३.४ प्रतिशतले घटेर ६.३४ ट्रिलियन पुगेको छ ।

चौथो त्रैमासमा अघिल्लो त्रौमसिकको तुलनामा मोबाइल उपकरण र चिप्सको माग बढेसँगै बिजनेस केही सुधार भएको कम्पनीले जनाएको छ ।

सन् २०२३ मा सामसुङको कूल पूँजीगत खर्च ५३.१ ट्रिलियन भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.