पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

  २०८० माघ १६ गते १७:५७     विकासन्युज

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय हुने भएको छ । राज्यका गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा अदालतले उनलाई १० वर्ष जेल सजाय सुनाएको हो ।

गोपनीयता अधिनियमअन्तर्गत स्थापित त्यहाँको विशेष अदालतले पूर्वप्रधानमन्त्री खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि १० वर्ष जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध लगाइएको आरोप अमेरिकी षड्यन्त्र भएको दाबी गर्दै आएका छन् । उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ(पीटीआई) ले झूटो मुद्दामा सजाय सुनाइएको प्रतिक्रिया दिएको छ ।

भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर उनी अहिले तीन वर्षको जेल सजाय भोगिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.