पृथ्वी पाँडे, कैलाश सिरोहिया, प्रदिपजङ्ग पाण्डे र सुमित अग्रवाल बने व्यावसायिक साझेदार

  २०८० माघ १६ गते ११:५४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा हाइप्रोफाइल व्यवसायीको लगानी देखिएको छ । कम्पनीमा विभिन्न उद्योगी व्यवसायी, बैंकर तथा सञ्चार माध्यम उद्यमीको पनि लगानी देखिएको हो । कम्पनीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षदेखि वित्तीय संस्था र बीमा कम्पनीको नेतृत्व गरिरहेका व्यक्तिको पनि लगानी देखिएको छ ।

कम्पनीमा कान्तिपुर पब्लिकेशन प्रालि र सुमित कुमार अग्रवाल सबैभन्दा ठूला सेयरधनी हुन् । यी दुई लगानीकर्ताको समान लगानी रहेको छ । कान्तिपुर पब्लिकेशनको ७.४३ प्रतिशत अर्थात् १९ लाख ५० हजार कित्ता र सुमित कुमार अग्रवालको ७.४३ प्रतिशत अर्थात् १९ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ ।

यस्तै, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रदीप जङ्ग पाण्डेको ५.२४ प्रतिशत अर्थात् १३ लाख ७५ हजार कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, विकास जे.बि. राणाको ५.१४ प्रतिशत अर्थात् १३ लाख ५० हजार कित्ता, सुष्मा राणाको ५.१४ प्रतिशत अर्थात् १३ लाख ५० हजार कित्ता, यति वल्र्ड इन्भेष्टमेन्ट प्रालिको ५.१४ प्रतिशत अर्थात् १३ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ ।

यस्तै, एयर डाइनेस्टी हेली सर्भिसेज प्रालिको ३.०६ प्रतिशत अर्थात् ८ लाख २ हजार कित्ता, ज्योति प्रकाश पाण्डेको २.२९ प्रतिशत अर्थात् ६ लाख कित्ता, ललित अग्रवालको २.२९ प्रतिशत अर्थात् ६ लाख कित्ता, उर्मिला पाण्डेको २.२९ प्रतिशत अर्थात् ६ लाख कित्ता, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत अर्थात् ५ दाख २५ हजार कित्ता सेयर स्वामित्व रहेको कम्पनीले जनाएको छ ।

यस्तै, राम अग्रवालको १.८९ प्रतिशत अर्थात् ४ लाख ९५ हजार कित्ता, गुडविल फाइनान्सको १.७१ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता, प्रिमियर वायर प्रालिको १.७१ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता, अनुजा लक्ष्मी धितालको १.३७ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता, क्याबिनेट श्रेष्ठको १.३७ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता, सुजन बैद्य (श्रेष्ठ)को १.३७ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्त सेयर स्वामित्व रहेको छ ।

यस्तै, सन्दिप पाख्रिन लामाको १.२९ प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५ सय कित्ता, सौगात पाख्रिन लामाको १.२९ प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५ सय कित्ता, पृथ्वि बहादुर पाँडेको १.२३ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५ सय कित्ता, शिखर इन्स्योरेन्सको १.२३ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५ सय कित्ता र हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेडको १.१४ प्रतिशत अर्थात् ३ लाख कित्ता सेयर स्वामित्व रहेको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.