पोखरामा ‘मेरो रूख म काट्छु’ अभियान

  २०८० माघ १६ गते ८:०१     विकासन्युज

काठमाडौं । बाँदरको आतंक बढेपछि पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले रूख काट्ने भएको छ । वडा नम्बर १९ ले एक सूचना प्रकाशन गरी घर वरपरका रूख कटानी गर्न आग्रह गरेको हो ।

वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेका अनुसार बाँदर नियन्त्रणका लागि रुख कटान गरिने भएको हो । पोखरा महानगरपालिकाको साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र रहेको उनले बताए ।

साथै, हाल प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१को निति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धि निति पास गरेको हुँदा माघ १५ गतेदेखि १० दिन भित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान संचालन गरिएको उनले बताए ।

सो अभियान अन्तर्गत आ-आफ्नो घर वरपर रहेका सम्पूर्ण रूखहरू कटान गरि प्रदेश सरकारको निति तथा कार्यक्रमलाई सहयोग पुर्याउन उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.