एनसेलको सेयर खरिदबिक्री १४ पटक, विदेशमै कारोबार गरेर कर छलेको आशंका

  २०८० माघ १५ गते २०:२५     विकासन्युज

काठमाडौं । एनसेलको सेयर खरिदबिक्री १४ पटक भएको अनुसन्धानबाट खुलेको छ । एनसेल खरिद–बिक्री प्रकरण छानबिन गर्नका गठित समितिले हालसम्म एनसेलको खरिदबिक्री १४ वटक भएको अनुसन्धानबाट भेटाएको हो ।

छानविन समितिका संयोजक तथा पूर्वमहालेखापरीक्षक टंकमणि शर्माले हालसम्म १४ पटक सेयर खरिदबिक्री भएको देखिए पनि पैसाको कारोबार भने विदेशमै भएको बताए । उनले त्यो कारोबार नेपाली बैंकिङ प्रणालीमा पनि नदेखिएकोले सरकारले यस विषयमा थप अनुसन्धान गरेर कम्पनीसँग थप कर असुल्ने बताए ।

यसअघि भएका विभिन्न १४ वटा खरिदबिक्री विदेशमै भएको देखिन्छ, त्यो पैसा नेपाली बैंकिङ प्रणालीमा पनि आएको छैन, यसमा कर छल्ने नियत देखिन्छ, सरकारले छानविन समिति नै गठन गरेर यस विषयमा अध्ययन गरेर थप कर असुल गर्नुपर्छ,’ शर्माले भने ।

उनका अनुसार एनसेलले हालसम्म सरकारलाई ३ खर्ब २ अर्ब रुपैयाँ राजश्व बुझाएको छ । हालसम्म ८ करोड विदेशी र २ करोड नेपाली गरी कुल १० करोड रुपैयाँ लगानीबाट कम्पनीले ६८ करोड रुपैयाँ बढी लाभांश विदेश लगेको छानविन समितिको अध्ययनले देखाएको छ ।
विभिन्न अदालतले गरेको फैसला अनुसार एनसेलले अझै ८५ अर्ब रुपैयाँ बढी बक्यौता भुक्तान गर्नु पर्ने छानविन समितिको निस्कर्श छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.