इन्स्योरेन्स ईस्टिच्युट अफ नेपाल र फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको संयुक्त आयोजनामा वेबिनार सम्पन्न

  २०८० माघ १२ गते ९:१२     विकासन्युज

काठमाडौं । इन्स्योरेन्स ईस्टिच्युट अफ नेपाल र फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको संयुक्त संयोजनमा Transformative Resilience in Evolving Risk Landscapes  बिषयमा भर्चुअल माध्यम मार्फत २०८० साल माघ १० गते वेबिनार सम्पन्न भएको छ ।

उक्त वेबिनार Cyber Insurance , Parametric Modelling / Catastrophe Modelling मा आधारित रहेको थियो र वल्र्ड बैंक , र्टटलमिन्ट ईन्स्योरेन्स ब्रोकिङ्ग सर्भिसेस तथा वेदर रिस्क म्यानेजमेन्ट सर्भिसेस का उच्च पदाधिकारीहरु प्यानलिस्ट मा रहेका थिए भने फेडेरलका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले कार्यक्रम संचालन गरेका हुन् ।

कार्यक्रम समापन नेपाल बीमा प्राधिकरणका निर्देशक तथा इन्स्योरेन्स ईस्टिच्युट नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील देव सुवेदीले गरेका थिए । उक्त वेबिनारमा नेपालका पुनर्बीमा तथा र्निजिवन बीमा कम्पनीका पदाधिकारीहरु सहभागी भएका थिए ।

इन्स्योरेन्स इन्स्टिच्युट नेपाल नेपालको कम्पनी ऐन २०६३ अन्तर्गत बीमा प्राधिकरण र नेपालका बीमाकर्ताहरूको संयुक्त लगानीमा २०६३ जनवरी २४ मा कम्पनी रजिस्ट्रारको कार्यालयसँग गाभिएको पब्लिक लिमिटेड कम्पनी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.