हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्स, चैत्रभित्र नेपालमै एसेम्बल गरिने

  २०८० माघ ८ गते १८:४३     विकासन्युज

काठमाडौं । हिरो ब्राण्डको मोटरसाइकल र स्कुटर उत्पादक भारतीय कम्पनी हिरो मोटोकर्पले नेपालको आधिकारिक बिक्रेतामा सीजी मोर्टसलाई नियुक्त गरेको छ ।

हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमा उत्पादनहरू एसेम्बल गर्नको लागि अत्याधुनिक ग्रीनफिल्ड सञ्चालनमा ल्याउने भएका छन् । मार्च २०२४ भित्रै अर्थात २०८०को चैत्र १८ गतेसम्म नेपालमा हिरो बाइक तथा स्कूटर एसेम्बल थालिने चौधरी ग्रुपले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

एसेम्बल प्लान्ट नवलपुर जिल्ला राखिनेछ । सीजी मोटर्सका अनुसार यसको उत्पादन क्षमता वार्षिक ७५ हजार युनिट क्षमता हुने छ ।

सहकार्यको बारेमा टिप्पणी गर्दै हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय भानले नेपालमा चौधरी ग्रुपसँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताए । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वव्यापी रूपमा मोटरसाइकल र स्कुटरको अग्रणी निर्माताको रूपमा चिनिने हिरो मोटोकर्पसँगको सहकार्यको घोषणा गर्न पाउँदा हर्षित भएको विज्ञप्तीमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.