सौराहामा रमाउँदै पर्यटक (फोटो फिचर)

  २०८० माघ ७ गते १४:१६     विकासन्युज

काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहेको देखिन्छ ।

सौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोलामा डुङगा सयर गरेर पर्यटक मनोरञ्जन लिने गर्दछन् । पर्यटक हात्ती चढेर सौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोला तरेर जङ्गल अवलोकन गर्ने गर्दछन् ।

रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.