सिबिआईएल सेक्युरिटिजको प्रथम बार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समितिमा ४ जना निर्विरोध

  २०८० पुष २९ गते १७:१९     विकासन्युज

काठमाडौं । सिबिआईएल सेक्युरिटिजको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सिटिजन्स बैंकको साहयक कम्पनी सिबिआईएल सेक्युरिटिजको प्रथम बार्षिक साधारण सभा शनिबार सिबिआईएल सेक्युरिटिजको कार्यालय परिसर कुपण्डोलमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

सो साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्विकृत भएको छ । साथै कम्पनीको सञ्चालक समितिमा चार जना सञ्चालकहरु रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सजु शाक्य र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिजले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोलबाट ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले सिटिजन्स बैंकका सम्पूर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.