लगानीमा बाधा हुने नीति नियम तत्कालै सच्याउन अध्यक्ष ढकालको माग

  २०८० पुष २८ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताएका छन् ।

शनिबार नेपाल हस्तकला महासंघको ४३औं वार्षिक साधारण सभामा उनले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताए ।

अध्यक्ष ढकालले आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने हिसाबको नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए । उनले व्यवसायीलाई प्रत्येक दुई÷दुई वर्षमा सिआइपी दिने गरे पनि लबिङ गर्न नै एक वर्षको समय जाने गरेको गुनासो गरे।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा रहेको समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए । उनले एकद्वार सर्भिस छ भने पनि हुने नगरेको गुनासो गरे।

उनले छिटोभन्दा छिटो निर्यात प्रवर्द्धनका लागि अनलाइन गेटवे खोलेर सिधै उद्यमीले विदेशमा निर्यात हुने सामग्रीको रकम सिधा आफ्नै खातामा आउने सरकारी व्यवस्था गर्नुपर्ने बताए । उनले नेपालको अहिलेको आयात निर्यात भन्दा ९ गुणा बढी रहेकाले सरकारले निर्यात प्रवर्द्धन गर्नुपर्ने बताए ।

अध्यक्ष मल्लले नेपाली हस्तकलालाई सीपमूलक र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनाउनुपर्ने बताए । उनले निर्यात प्रवर्द्धनमा एकद्वार प्रणालीको कमी रहेकाले त्यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.