लाइन काटिएका २३ उद्योगमा बिजुली जोडियो

  २०८० पुष २८ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार शुक्रबार बेलुका जगदम्बा स्टिलबाट लाइन जोड्न सुरु गरिएको र राति सबै उद्योगको लाइन जोडिसकिएको छ ।

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको थियो ।

ट्रंक लाइन र डेडिकेटेड लाइन लिएका ६१ वटा उद्योगले शुल्क तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.