पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न, दुई सञ्चालक निर्वाचित

  २०८० पुष २६ गते १६:१८     विकासन्युज

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारण सभा अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभा मंगलबार कोपुण्डोल, ललितपुरमा सफलता पुर्वक सम्पन्न भएको हो ।

उक्त सभामा संस्थापक सेयर सदस्य, सर्व साधारण सेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त सभाबाट सर्वसाधारण सेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक र स्वतन्त्र सञ्चालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण सेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको थियो ।

साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक र सेयर सदस्यहरुबाट मन्तव्य तथा सञ्चालक तथा सेयर सदस्यबीच गहन अन्तकृया समेत भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.