संक्रमित बढेपछि ग्रिक सरकारले दियो कोभिड १९ र इन्फ्लुएन्जाविरूद्ध खोप लगाउन निर्देशन

  २०८० पुष २६ गते १०:२१     विकासन्युज

काठमाडौं । ग्रिस सरकारले कोरोना संक्रमणको वृद्धि भएसँगै कोभिड १९ र इन्फ्लुएन्जाविरूद्ध खोप दरमा थप वृद्धि गर्न आग्रह गरेको छ ।

एथेन्समा एक पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले कोरोना संक्रमण बढेकाले शतर्क रहन आग्रह गरे । गत सेप्टेम्बरदेखि देशभर कोभिड–१९ सँग सम्बन्धित १ हजार २८ मृत्युमध्ये दुईजनालाई मात्रै खोप लगाइएको थियो ।

करिब १० करोड जनसंख्या भएको देशमा २ लाख १० हजारले मात्र कोभिड–१९ विरूद्धको खोपको पछिल्लो डोज पाएका छन् । गत वर्ष ३.४ मिलियनको तुलनामा हालसम्म २९ लाख नागरिकले फ्लूविरुद्धको खोप लगाएका छन् । नोभेम्बरदेखि ग्रीसले कोभिड–१९ मा क्रमिक वृद्धि भएको रेकर्ड गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.