नेपाल दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्यक्षमा नवराज अधिकारी

  २०८० पुष २४ गते १७:५३     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीलाई दिइएको छ । सरकारले अर्को व्यवस्था नभएसम्मका लागि रिक्त पदमा प्राधिकरणका सदस्य अधिकारीलाई उक्त पदको जिम्मेवारी दिएको हो ।

सरकारले दूरसञ्चार नियमावलीको नियम (३) (ङ) बमोजिम अधिकारीलाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको हो ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत दिएका राजीनामा स्वीकृत गरेको छ ।

त्यस्तै, रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.