सांग्रिला डेभलपमेन्टका ग्राहकलाई गण्डकी मेडिकल कलेजमा १५ प्रतिशतसम्म छुट

  २०८० पुष २३ गते १५:३४     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहक, कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका स्वास्थ्य सेवामा छुट उपलब्ध गराउन उक्त हस्पिटलबीच सम्झौता गरेको हा ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक, बैंकका कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ । स्वास्थ चेक जाँचमा कर्मचारी तथा सेयरधनीलाई १५ प्रतिशत र बैंकका ग्राहकलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.