नेपाल इन्जिनियरिङ कलेजमा हल्ट प्राइजको नयाँ संस्करण जारी

  २०८० पुष २३ गते ११:३३     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको नयाँ संस्करण सुरू भएको छ ।

विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने हल्ट प्राइजको यो संस्करणमा सहभागीहरूले आ आफ्ना प्रस्तुतिहरू दिइरहेका छन् ।

नेक हल्ट प्राइजका क्याम्पस निर्देशक सुवास खनालका अनुसार प्रतियोगिताले युवा विद्यार्थीहरूमा रहेको नविनतम सोच, खोज र आइडियालाई प्रस्फुटन गराउन र इन्टरनेशनल एक्सपोज प्राप्त गर्न टेवा दिइरहेको छ ।

नेकमा भइरहेको प्रतियोगितामा विद्यार्थीहरुले दिगो विकास लक्ष्यहरूसँग मिल्दोजुल्दो र समाजमा सकारात्मक प्रभाव पार्ने विषयहरूलाई प्रस्तुत गर्नेछन् । हल्ट प्राइज नेक क्याम्पस निर्देशक खनालका अनुसार कलेज स्तरीय प्रतियोगिताका विजेताले भारतको मुम्बईमा हुने एसिया रिजनल प्रतियोगितामा भाग लिनेछन् । त्यहाँ उत्कृष्ट भए ग्लोवल प्रतिष्पर्धामा भाग लिँदै उत्कृष्ट हुनेले एक मिलियन डलर बराबरको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.