सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकमा शर्मा नियुक्त

  २०८० पुष २३ गते ११:१२     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा नमिता शर्मा नियुक्त भएकी छिन् ।

पुस २२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले शर्मालाई नियुक्त गर्ने निणर्य गरेको हो ।

यस इन्स्योरेन्सका संस्थापक सेयरधनी पूजा कन्स्ट्रक्सन नेपालको प्रतिनिधी शर्मालाई उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

संस्थापक सेयरधनी पुजा कन्स्ट्रक्सन नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै शर्मा कम्पनीको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरिएको हो । पुस २२ गतेदेखि लागू हुने गरी शर्मालाई सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.