२०८० पुष १७ गते ११:१६ विकासन्युज
काठमाडौं । नेपालले किक बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेको छ । नेपालका लागि निमा साङ्गे शेर्पाले उक्त प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् ।
शेर्पाले प्रतियोगिताको पहिलो राउन्डमा भारत, दोस्रो राउन्डमा थाइल्यान्ड र तेस्रो राउन्डमा बंगलादेशलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।
प्रतियोगिता १२ विभिन्न देशहरूको खेलाडीहरुको सहभागिता रहेको थियो । ग्रान्ड बक्सिङ हब नेपालद्वारा आयोजना गरिएको उक्त प्रतियोगिताको स्पोन्सर हेल्पि ह्यान्डस रहेको थियो ।
बालबालिकादेखि नै खेलकुदमा लागेका शेर्पाले यसअघि पनि निकै प्रतियोगिताहरु जितिसकेका छन् । गुरु राम महर्जनको सहयोगले नै आफुले खेल जित्न सकेको शेर्पा बताउँछन् । उक्त खेलको लागि शेर्पाको स्पोन्सर एनआइसी एकेडेमी र सप्तगण्डकी एकेडेमी रहेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.