केएल दुगड ग्रुप बन्यो ‘कोर्निटोस’ ब्राण्डको लागि नेपालको अधिकारिक वितरक

  २०८० पुष १५ गते १८:५९     विकासन्युज

काठमाडौं । केएल दुगड ग्रुपले अधिकारिक रुपमा लोकप्रिय ‘कोर्निटोस’ ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीज नेपालमा वितरण सुरू गरको छ ।

मकैबाट बनेको कोर्निटोसको स्न्याक्सहरु, ग्लुटेन-मुक्त, शून्य प्रतिशत ट्रान्स-फ्याट, कोलेस्ट्रोल-मुक्त, तथा शतप्रतिशत शाकाहारी हुन्छन् ।

उच्च गुणस्तरको कोर्निटोस नाचोस क्रिस्प्स विभिन्न स्वादहरूमा उपलब्ध छन् जस्तै चीज एंड हर्ब्स, सिज्ज्लिंग जलापेनो, स्वीट चिल्ली, टिक्का मसला, पेरी पेरी, टोमाटो मेक्सिकाना ५५ ग्राम, १४० ग्राम र २०० ग्रामको सिज्ज्लिंग जलापेनो उपभोक्ता प्याकमा उपलब्ध छ । साथै, ७० ग्रामको उपभोक्ता प्याकमा दुई स्वादिष्ट जलापेनो नाचोस र पेरी पेरी नाचोस उपलब्ध छन् ।

त्यसैगरी, कोर्निटोस क्रस्टिस ६ फरक फरक स्वादहरूमा उपलब्ध छन् । किङ्ग करी, चीजी गार्लिक, पेरी पेरी, दिल्ली चाट, लेमोन चिल्ली, इटालियन चीजीस यी स्वादहरु छण् ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् ।

केएल दुगड ग्रुपले ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाध्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.