आईआइएमएस कलेजले मनायो जोली क्रिसमस

  २०८० पुष ८ गते १८:५८     विकासन्युज

काठमाडौं । क्रिसमसको पूर्वसन्ध्यामा आईआइएमएस कलेजले जोली क्रिसमस मनाएको छ । कलेजको बीबीए थर्ड समेस्टरमा अध्ययनरत विद्यार्थीको आयोजनामा जोली क्रिसमस मनाइएको हो ।

हरेक वर्ष क्रिसमसको अवसरमा बीबीए थर्ड समेस्टरमा अध्ययनरत विद्यार्थीले उक्त कार्यक्रम गर्दै आएको स्टुडेन्ट क्लब एण्ड इभेन्ट लिडर श्रेया खड्काले जानकारी दिइन् । उनले भनिन्, ‘विद्यार्थीलाई सिद्धान्तममा मात्र नभई व्यावहारिक अनुभव पनि दिनुपर्छ भन्ने उद्देश्यले हामी हरेक वर्ष यस्तै कार्यक्रम गर्छौँ, सधैको वर्ष जस्तै आजपनि कार्यक्रम गरिएको हो ।’

कलेजमा बिजनेस, मार्केटिङ र म्यानेजम्यान्ट विषय पढ्ने विद्यार्थीहरूलाई कसरी बिजनेस गर्ने, किताबमा पढेको ज्ञानलाई कसरी व्यावहारिक जीवनमा लागु गर्ने भनेर जानकारी दिन कार्यक्रम गरिएको कलेजले जनाएको छ ।

कार्यक्रममा कलेजका विद्यार्थीले १३ वटा स्टल राखेका थिए । जसमा प्लान्ट्स, फूल लगायतका विद्यार्थीले आफै उत्पादन गरेका र मार्केटबाट ल्याएका विभिन्न सामाग्रीहरू थिए । उनीहरूले मनोरञ्जनमात्र नभई कसरी व्यवसाय गर्ने भन्नेबारे पनि जानकारी लिउन् भनेर उक्त स्टल राख्न लगाइएको कलेजले बताएको छ ।

क्रिसमसको अवसरमा साथीभाइहरूले एक अर्कालाई उपहार दिने गरिन्छ । कलेजमा रहेका विद्यार्थीले उपहार दिँदा विद्यार्थीले राखेको स्टलबाटै उपहार लिन सहज होस् भनेर पनि स्टल राखिएको कलेजका शिक्षक रोजल जोशीले बताए । साथै, कार्यक्रममा विद्यार्थीहरूले म्यूजिक, डान्स पनि प्रस्तुत् गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.