नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

  २०८० मंसिर २६ गते १२:४४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेलले नियुक्त भएका छन् । अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई नेप्सेको अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई जिम्मेवारी दिएका हुन् ।

वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख बराललाई भने मन्त्रालयले फिर्ता बोलाएको छ । बरालले गत असार ३ गतेदेखि नेप्सेको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।

नवनियुक्त अध्यक्ष पौडेलले भने हालसम्म पदभार ग्रहण गरेका छैनन् तर अध्यक्षमा नियुक्त भएको चिठ्ठी भने पाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.