रोयल इनफिल्डको हन्टर ब्रेकफाष्ट राइड

  २०८० मंसिर २५ गते १३:१४     विकासन्युज

काठमाडौं । रोयल इनफिल्डको ‘हन्टर ब्रेकफाष्ट राइड’ आयोजना भएको छ ।

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले ‘रोयल इनफिल्ड हन्टर ब्रेकफाष्ट राइड कार्यक्रम आयोजना गरिएको हो । यस राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइर्डस्हरु सहभागी भएका थिए ।

यस कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना, सुरक्षित राइड, ठाऊ संरक्षण एवम् प्रर्बद्धन गर्नु रहेको थियो ।

मंसिर २३ गते बिहान ७ः३० बजे रोयल इनफिल्डको शोरूम नक्सालबाट सुरु भएको यो राइड रोयल इन्फिल्ड सोरुमदेखि दरबारमार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, सोल्टिमोड, कंलकी, हुदै कालुपाण्डे हिलसम्मको रहेको कम्पनीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.