ह्वावेद्वारा जाजरकोटका भूकम्पपीडितलाई मानवीय सहायता

  २०८० मंसिर १७ गते १०:१४     विकासन्युज

काठमाडौं । एक जिम्मेवार कर्पोरेट संस्थाका रुपमा ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्पपीडितहरुलाई राहात सामग्रीको रुपमा पाल, कम्बल, स्लिपिङ झोलाजस्ता आवश्यक सामग्री उपलब्ध गराएको छ।

ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशकझाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा मन्त्रालयको कार्यालय सिंहदरबारमा मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरिएको हो।

ह्वावेले यी राहात सामग्री विपद्बाट प्रभावितहरुलाई तत्काल सहायता र सान्त्वना प्रदान गर्न, उनीहरुको आधारभूत आवश्यकताहरु सम्बोधन गर्न र चुनौतीपूर्ण समयमा केही राहात प्रदान गर्न महत्त्वपूर्ण रहेको विश्वास लिएको छ।

ह्वावे नेपालले संकटको समयमा सञ्चारको महत्वपूर्ण भूमिका बुझेको छ। भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरु कायम राख्न २४/७ नेटवर्क सेवाप्रदानगर्न ह्वावे समर्पित रहेको बताएको छ। ह्वावेले तुरुन्त भूकम्पप्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाई राखेको जनाएको छ।

राहात सामग्री हस्तान्तरणपछि ह्वावे नेपालका सीईओ ह्वाङ जुनले भने, ‘म प्रभावित क्षेत्रका दिवंगत आत्माहरुप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु र सञ्चार पूर्वाधारहरु सञ्चालनमा रहन, उद्धार र राहतको समन्वयलाई सहज बनाउन ह्वावे नेपालबाट निरन्तर सहयोगको आश्वासन दिन चाहन्छु। हामी नेपालका लागि नेपालमा छौँ।’

ह्वावेले प्राकृतिकप्रकोपबाट प्रभावित क्षेत्रहरुमातत्काल राहात सामग्री उपलब्ध गराउन सधैँ अग्रगामी भूमिका खेलेको छ।

सोही अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘हामी नेपालको दूरसञ्चार क्षेत्रमा ह्वावेले गरेको योगदानको कदर गर्छौं र यस विनाशकारी अवधिमा गरेकाप्रयासहरुको कदर गर्छौं।’

नेपालको जाजरकोटमा राहतकार्यमा सहयोग गर्ने ह्वावेको प्रतिबद्धता कम्पनीको मूल्यमान्यता र यसले सेवा गर्ने समुदायहरुमा सकारात्मक प्रभाव पार्ने समर्पणको प्रमाण हो। ह्वावेले यस कठिन समयमा नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको र पुनर्निर्माणका लागि सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट गरेको छ।

यसका साथै ह्वावेले प्राविधिक सहयोग, पूर्वाधार मर्मतसम्भार र प्रत्यक्ष राहात प्रयासहरुसहित एक जिम्मेवार कर्पोरेट र भूकम्पपछिको राहततथा उद्धारको अभियानमा नेपालको भरपर्दो साझेदार बन्ने प्रतिबद्धता व्यक्त गरको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.