ईयुको २०२२ मा रक्षा खर्च इतिहासकै उच्च

  २०८० मंसिर १५ गते ११:०४     विकासन्युज

काठमाडौं । युरोपेली संघ (इयु) का सदस्य राष्ट्रहरूले २०२२ मा रक्षा खर्चका लागि सामूहिक रूपमा २४० बिलियन यूरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्यांकले देखाएको छ ।

बिहीबार जारी गरिएको युरोपेली रक्षा एजेन्सी (इडीए) प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो । यो रक्षा खर्चका लागि छुट्याइएको इतिहासकै बढी रकम हो । इडिए डिफेन्स डाटा २०२२ प्रतिवेदनअनुसार यो संख्या एक वर्ष अघिको तुलनामा ६ प्रतिशतले बढी हो । २७ इयु सदस्य राष्ट्रहरूमध्ये २० ले आफ्नो रक्षा खर्च बढाएका थिए । २००४ मा स्थापित इडिए युरोपेली रक्षा सहयोगको लागि केन्द्रिय हबको रूपमा कार्य गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.