राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले दिए राजीनामा

  २०८० मंसिर १२ गते २१:५४     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले राजीनामा दिएका छन् । सीईओ बरालले मंगलबार सञ्चालक समितिमा राजीनामा पत्र पेश गरेको कम्पनी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सीईओ बरालले २ महिनापछि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । राष्ट्रिय बीमा कम्पनीले वि.सं. २०७९ भदौ २३ गते बराललाई सीईओमा नियुक्त गरेको थियो । सीईओ बरालले भदौ २७ गतेदेखि लागू हुने ४ वर्षका लागि सीईओ पद सम्हालेका थिए । तर, १५ महिना नपुग्दै उनले राजीनामा दिएका हुन् ।

खुला प्रतिस्पर्धाबाट सीईओ पदमा बरालले बाजी मारेका थिए । सीईओ बरालसँग बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनीसँग साविक लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओ भएर काम गरेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.