चिनियाँ विदेशमन्त्री चीन-जापान-कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने

  २०८० मंसिर ९ गते १२:२७     विकासन्युज

बेइजिङ । चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले चीन, जापान र कोरिया गणतन्त्र (गणतन्त्र कोरिया) बीचको त्रिपक्षीय विदेश मन्त्रीहरूको बैठकमा भाग लिँदै छन् ।

कोरियाको बुसानमा नोभेम्बर २६ देखि सुरु हुने उक्त बैठकमा विदेशमन्त्रीले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले शनिबार जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.