इनसाईडर ट्रेडिङ गरेको आरोपमा न्यौपानेविरुद्ध मुद्दा दायर

  २०८० मंसिर ६ गते १५:५७     विकासन्युज

काठमाडौं । सेयरको इनसाईडर ट्रेडिङ गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर भएको छ । सेयरको भित्री कारोबार गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत २३ कार्तिकमा न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कम्पनीको भित्री सूचनाका आधारमा सेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको आरोपमा विभागले न्यौपानेविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । विभागले उनीमाथि १ करोड ९९ लाख १० हजार रुपैंया विगो माग दावी गरेको छ । कसुरको मात्रा अनुसार कैद सजाय हुनु पर्ने बताएको छ ।

साथै, इनसाईडर ट्रेडिङ गर्न सहजीकरण गरेको अभियोगमा विभागले रिडी पावरका हालका सीइओ कुवेरमणी नेपालविरुद्ध पनि मुद्दा दायर गरेको छ । कुवेरमणी नेपाललाई भने  न्यौपानेलाई हुने सजायको आधा सजाय गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.