बिहीबार अत्यावश्यक बाहेकका सवारी नचल्ने

  २०८० मंसिर ६ गते १५:०२     विकासन्युज

काठमाडौं । ट्राफिक प्रहरी कार्यालयले  काठमाडौं उपत्यका बिहीबार अत्यावश्यकबाहेकका सवारीसाधन सडकमा ननिकाल्न आग्रह गरेको छ । बिहीबार नेकपा एमाले निकट युवासंघ र दुर्गा प्रसाईँ नेतृत्वको जुलुस र विरोध र्याली हुने भएपछि ट्राफिक कार्यालयले यस्तो सूचना जारी गरेको हो ।

भोली काठमाडौं उपत्यकामा बिभिन्न समूहद्वारा र्‍याली जुलुसका कारण सवारी आवागमनमा असहजता आउने भएकाले यस्तो निर्णय गरिएको ट्राफिक कार्यालयले जानकारी दिएको छ । कार्यालयले सवारीसाधन निकाल्न परे १०० वा १०३ सम्पर्क गरेर मात्रै सडकमा निकाल्न आग्रह गरेको छ ।

भोलि व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियान र एमाले निकटको युवा संघले काठमाडौंका दुई स्थान बल्खु र तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यसका लागि विभिन्न स्थानबाट जुलुस निस्किने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.