एशियन लाईफको नाफा १५ प्रतिशत बढ्यो, ३९ अर्ब पुग्यो जीवन बीमा कोष

  २०८० कार्तिक २६ गते ७:२१     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा खुद नाफा १४.९६ प्रतिशत बढाएर १६ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४५ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

गत असोज मसान्तसम्म कम्पनीले १ अर्ब ८५ करोड ८० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड ६० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत असोजसम्म ९५ करोड ७२ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । गत वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३४ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ, महाविपत्ति कोष १७ करोड ७३ लाख रुपैयाँ र जीवन बीमा कोष ३९ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी २१.०७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ११७.२६ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.