भारतमा ४ करोडभन्दा बढी मूल्यका विलासी घर बिक्रीमा ९७ प्रतिशतले वृद्धि

  २०८० कार्तिक २५ गते ११:५४     विकासन्युज

एजेन्सी । सन् २०२३ मा विलासी आवासको मागमा ठूलो वृद्धि भएको छ । जनवरीदेखि सेप्टेम्बरसम्म नौ महिनामा ४ करोड भारुभन्दा बढी लागतका विलासी घर बिक्री ९७ प्रतिशतले बढेको छ ।

भारतको रियल इस्टेट कन्सल्टिङ कम्पनी सीबीआरई साउथ एसियाले तयार पारेको प्रतिवेदनअनुसार मा विलासी घर बिक्री उक्त परिमाणले बढेको हो । सीबीआरई साउथ एसियाले भारतका शीर्ष सात सहरको आवासीय क्षेत्रको हाउजिङ बजार प्रवृत्तिबारे इन्डिया मार्केट मोनिटर नामक प्रतिवेदन जारी गरेको छ ।

२०२३ जनवरीदेखि सेप्टेम्बरसम्म नौ महिनामा ४ करोड रुपैयाँभन्दा बढी मूल्यका कुल ९ हजार २ सय ४६ घर बिक्री भएको प्रतिवेदनमा उल्लेख छ । जबकि, २०२२ को सोही अवधिमा कुल ४ हजार ६ सय ८९ घर बिक्री भएका थिए । जसमा लक्जरी घरहरूको सबैभन्दा बढी बिक्री नयाँदिल्ली–एनसीआरमा देखिएको छ ।

जनवरीदेखि सेप्टेम्बरसम्म दिल्ली–एनसीआरमा ४ करोड रुपैयाँभन्दा बढी मूल्यका कुल ३ हजार ४ सय ९ घर बिक्री भएका छन् । जबकि, २०२२ को सोही अवधिमा कुल १ हजार ५ सय ११ युनिट बिक्री भएका थिए ।

हैदरावादले पनि लक्जरी आवास बिक्रीमा ठूलो वृद्धि गरेको छ । २०२३ को सोही अवधिमा कुल १ हजार ६ सय ६० घर बिक्री भएका थिए भने २०२२ मा कुल १ सय ३८ घरमात्र बिक्री भएका थिए ।

त्यसैगरी पुणेमा ३ सय ३२ लक्जरी घर बिक्री भएका छन् जबकि सन् २०२२ मा ८२ लक्जरी घर बिक्री भएका थिए । मुम्बईमा २०२३ को पहिलो नौ महिनामा ३ हजार २ सय ५२ लक्जरी घर बिक्री भएका थिए । २०२२ मा सोही अवधिमा २ हजार ३ सय ९८ लक्जरी घर बिक्री भएका थिए ।

रिपोर्टका अनुसार दिल्ली–एनसीआर मुम्बई र हैदरावादलाई समावेश गर्ने हो भने यी सहरमा ९० प्रतिशत लक्जरी हाउजिङ बिक्री भएको देखिएको छ । जसमा दिल्ली–एनसीआरको हिस्सा ३७ प्रतिशत छ । मुम्बईको ३५ प्रतिशत, हैदरावादको १८ प्रतिशत र पुणेको ४ प्रतिशत छ ।

सीबीआरईका भारत, दक्षिण–पूर्व एशिया, मध्यपूर्व र अफ्रिकाका अध्यक्ष–सीईओ अंशुमान म्यागजिनले प्रिमियम हाउजिङ सेगमेन्टमा माग बढेको बताए । त्यस्तै प्रिमियम लक्जरी खण्डको माग अझै बढ्ने छ। वास्तवमा, विश्वव्यापी वहत आर्थिक अस्थिरताका कारण एचएनआई र एनआरआईले आफ्नो लगानी जोगाउन यस क्षेत्रमा लगानी गर्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.