धनतेरसमा सुनका गहना बिक्री १० प्रतिशत बढ्ने

  २०८० कार्तिक २४ गते १३:४२     विकासन्युज

एजेन्सी । भारतीय बजारमा शुक्रबार धनतेरसका दिन सुनको माग बढ्ने हुँदा आभूषण व्यवसायी सतर्क र आशावादी छन् ।

भूराजनीतिक घटनाक्रम ध्यानमा राख्दै सुनको भाउमा आएको तीव्र वृद्धिबीच सुनका गहना बिक्रीमा १० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।

गत वर्ष धनतेरसदेखि सुनको भाउ २० प्रतिशतले बढेर प्रति १० ग्राम करिब ६१ हजार भारु पुगेको छ । गत वर्ष धनतेरसको दिन नयाँदिल्लीमा सुनको मूल्य करबाहेक प्रति १० ग्राम ५० हजार १ सय ३९ रुपैयाँ थियो भने २०२१ को धनतेरसको दिन ४७ हजार ६ सय ४४ रुपैयाँ थियो।

हिन्दु क्यालेन्डरमा धनतेरसलाई बहुमूल्य धातु, भाँडाकुँडा र अन्य बहुमूल्य वस्तुहरू खरिद गर्न शुभ मानिन्छ। यस दिन धेरैले सवारीसाधन किन्ने गर्छन् । सामान्य दिनमा भन्दा धनतेरसको दिन करिब २० देखि ३० टन सुन बिक्री हुने गरेको छ ।

अखिल भारतीय जेम्स एण्ड ज्वेलरी डोमेस्टिक काउन्सिलका अध्यक्ष सन्यम मेहराले पीटीआईलाई भने, ‘सुनको मूल्य वार्षिक ८–१० प्रतिशतले बढिरहेको छ। र, जनताले सुनको आधार मूल्य प्रति १० ग्राम ५८ हजार रुपैयाँलाई स्वीकार गरेका छन् । गत वर्षको तुलनामा यस धनतेरसमा बिक्रीमा १० प्रतिशत वृद्धि हुने अपेक्षा गरेका छौं ।’

धेरै ज्वेलर्सले दिने शुल्कमा छुटको फाइदा उठाउँदै उपभोक्ताले धनतेरसको दिन डेलिभरीका लागि बुकिङ गरेको उनले बताए ।

यद्यपि, विश्व गोल्ड काउन्सिल (डब्ल्यूजीसी) का भारत क्षेत्रीय सीईओ सोमसुन्दरम पीआरले भने, ‘उपभोक्ताको भावना सकारात्मक रहे पनि ज्वेलर्स सतर्कताका साथ आशावादी छन् । धनतेरसमा सुनको उच्च मूल्यले ठूलो बाधा पुर्‍याउने छ ।’

उनले धनतेरसको समग्र बिक्री २०२१ र २०२२ मा हासिल गरेको स्तरमा पुग्न नसक्ने बताए । जबकि, भारतमा १ सय पसल रहेको ज्वेलरी रिटेलर जोयालुक्कासले यसपटक सुनका गहनाको बिक्री २५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ ।

जोयलुक्कासका अध्यक्ष र प्रबन्ध निर्देशक जोय आलुक्कासले भने, ‘हामीले यस धनतेरसमा हाम्रा पसलहरूमा करिब ६ सय ५० किलो सुनका गहना बिक्री गर्ने अपेक्षा गरेका छौं। मूल्य घट्यो भने बिक्री अझै बढ्न सक्छ ।’

उनले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को तयारीमा रहेको यस कम्पनीले गत वर्ष धनतेरसको दिन करिब ५ सय किलो सुन बिक्री गरेको बताए ।

बिक्रीमा उत्साही रहेको कल्याण ज्वेलर्सका कार्यकारी निर्देशक रमेश कल्याणरामनले भने, ‘हामीले शोरुममा ठूलो माग र उपस्थिति देखिरहेका छौं ।’

तर, आर्थिक वर्ष २०२२–२३ को तुलनामा श्राद्ध अवधि थपिँदा उद्योगको मागमा ढिलाइ भएको उनले बताए । यसपछि कम्पनी बिक्रीमा नवीकरण वृद्धिबारे केही आशावादी छ ।

धनतेरसलाई ध्यानमा राख्दै नयाँ र मौसमी गहनाका साथै कम्पनीले उत्पादनको तौलमा लचिलोपनसहित २२ क्यारेट र २४ क्यारेटका ‘अष्टलक्ष्मी’ र ‘अष्ट विनायक’ सिक्काको अद्वितीय संस्करण सार्वजनिक गरेको छ ।

कोलकातास्थित ज्वेलरी चेन नेमिचन्द बामावाला एण्ड सन्सका साझेदार बच्चराज बमावालाले यो धनतेरस किनमेल गर्दा मूल्य एक कारक हो भने।

‘हामीले धनतेरसको दुई साताअघि अफर सुरु गरेका थियौं र ग्राहकको संख्या पनि राम्रो छ । तीमध्ये अधिकांश भोलि धनतेरसमा डेलिभर हुनेछन्,’ उनले भने, ‘गत वर्षको तुलनामा सुनको भाउ १० प्रतिशतले बढेको भए पनि परिमाणका हिसाबले १० प्रतिशत र मूल्यको हिसाबले २० प्रतिशतमात्रै बिक्री बढ्ने अपेक्षा छ।’

बुलियनको मागमा एमएमटीसी–पीएएमपी विकास सिंह धनतेरस र दीपावलीका अवसरमा परिवारले लगानी र पवित्र संस्कारका रूपमा सुन किन्ने सदियौंदेखिको चलनलाई अपनाउने प्रबन्ध निर्देशक तथा सिइओले बताए ।

‘हामीले चाडपर्वको समयमा बलियो मागको अपेक्षा गरेका छौं,’ उनले भने, ‘कम्पनीले सबैभन्दा शुद्ध ९९९.९ प्लस (२४ क्यारेट) सुन र चाँदीका उत्पादन बिक्री गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.