एनएलजी इन्स्योरेन्सले पायो ए माइनस रेटिङ

  २०८० कार्तिक २२ गते १८:२९     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ए माइनस रेटिङ प्राप्त गरेको छ । रेटिङ कम्पनी इक्रा नेपालले इन्स्योरेन्स कम्पनीलाई ए माइनस रेटिङ प्रदान गरेको हो ।

वित्तीय दायित्वका आधारमा इक्रा नेपालले एनएलजी इन्स्योरेन्सलाई (इक्राएनपी आइआर) ए माइनस रेटिङ प्रदान गरेको हो । जसले वित्तीय दायित्वको समयमै पुरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

यस्ता कम्पनीहरुले कम जोखिम बहन गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.