बिवाइडीका सिल र डल्फिनले पाए पाँचतारे स्तरको ‘एनक्याप सुरक्षा रेटिङ’

  २०८० कार्तिक २१ गते १३:४०     विकासन्युज

काठमाडौं । चीनको अग्रणीमध्ये एक विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाइडीका दुई मोडेल ‘बिवाइडी सिल’ र ‘बिवाइडी डल्फिन’ ले अष्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एनक्याप) बाट पाँचतारे स्तरको ‘एनक्याप सुरक्षा रेटिङ’ प्राप्त गरेका छन् ।

बिवाइडीका दुवै मोडेलले पछिल्लो एनक्याप परीक्षण मापदण्डअन्तर्गत पाँचतारे स्तरको सुरक्षा रेटिङ प्राप्त गरेका हुन् ।

सवारीसाधन सुरक्षाका लागि एनक्याप अष्ट्रेलिया र न्यूजील्यान्डको स्वतन्त्र आवाज हो । यसले सन् २०२३ मा परीक्षण मापदण्ड थप विस्तार गरेको छ । पाँचतारे स्तरको सुरक्षा रेटिङ प्राप्त गर्न सवारीसाधनले सबै परीक्षणमा उच्च मापदण्ड प्राप्त गर्नुपर्छ र उन्नत सुरक्षा सहायता प्रविधिहरू समावेश गर्नुपर्छ ।

एनक्यापको रिपोर्ट अनुसार बिवाइडी सिलले खम्बा (पोल) परीक्षणमा चालक र बालबालिका यात्रुहरूलाई ‘साइड इम्प्याक्ट टेस्ट’ मा सुरक्षा गर्नेतर्फ पूर्णअंक प्राप्त गरेको छ ।

यसले वयस्क यात्रुका लागि ८९ प्रतिशत, बालबालिकाको सुरक्षाका लागि ८७ प्रतिशत, जोखिमपूर्ण सडक प्रयोगकर्ता सुरक्षाका लागि ८२ प्रतिशत र सुरक्षा सहायताका लागि ७५ प्रतिशत अंक प्राप्त गरेको छ। यी नतिजाले सुरक्षाप्रति बिवाइडीको दृढ प्रतिबद्धता देखाउँछन् ।

त्यसैगरी बिवाइडी डल्फिनले बालबालिकाको सुरक्षाका लागि फ्रन्ट (अगाडि) र साइड इफेक्ट दुवै परीक्षणमा सुरक्षाको उच्च अंक प्राप्त गरेको छ । त्यसबाहेक डल्फिनले जोखिमपूर्ण सडक प्रयोगकर्ताको सुरक्षाका लागि ८५ प्रतिशत अंक हासिल गरेको छ । यो २०२३ मा परीक्षण गरिएका सबै मोडेलले पाएका अंकभन्दा धेरै बढी हो ।

बिवाइडीका यी दुवै मोडेलको ‘एईबी हेडअन सिस्टम’ ले पर्याप्त क्षमता प्रस्तुत गरेका छन् । त्यस्तै दुवै मोडेलमा ढोका खोल्न यस्तो फिचर छ जसले गाडी पानीमा पस्यो भने दुई मिनेटसम्म ढोका स्वचालितरूपमा खुला रहने गर्छ । यो फिचरलाई एनक्यापको पछिल्लो मापदण्डमा समावेश गरिएको छ ।

एनक्यापकी प्रमुख कार्यकारी अधिकृत कार्ला हूरवेगले बिवाइडी मोेडेलको प्रदर्शन क्षमताबाट आफू सन्तुष्ट रहेको बताइन् ।

‘हाम्रो २०२३ को परीक्षण र रेटिङ मापदण्डले उच्चस्तरको संरचनात्मक सुरक्षासँगै सक्रिय सुरक्षा प्रणालीको क्षेत्रमा सवारीसाधन निर्माताका लागि नयाँ चुनौती पेस गरेको छ,’ उनले भनिन्, ‘खुसीको कुरा के छ भने यो वर्ष हालसम्म परीक्षण गरिएका तीन मोडेल सबैले पाँचतारे स्तरको सुरक्षा रेटिङ प्राप्त गरेका छन् ।’

यसअघि बिवाइडी सिल र बिवाइडी डल्फिनले ‘यूरो एनक्याप’ सुरक्षा रेटिङमा पनि पाँचतारे स्तर प्राप्त गरेका थिए । बिवाइडीले आगामी दिनमा पनि विश्वभरिका आफ्ना ग्राहकको सुरक्षित यात्राका लागि ‘ई–प्लेटफर्म’ ३.० र एड्भान्स ड्राइभर एसिस्टेन्ट प्रणालीजस्तो अत्याधुनिक प्रविधिमा थप जोड दिने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.