रिलायबल इन्स्योरेन्सद्वारा एक करोड मृत्यु दाबी भुक्तानी

  २०८० कार्तिक २० गते १७:३३     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड २ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको गैँडाकोटस्थित शाखाबाट शाखाबाट मृतक बीमितको परिवारलाई मृत्यु दाबीको रकम भुक्तानी गरिएको हो ।

गएको वैशाख २४ गते दुर्घटनामा ज्यान गुमाएका बीमित प्रदीप ज्ञवालीकाको बीमांक रकम उनको हकवाला आमा टिका कुमारी घिमिरेलाई दिइएको हो ।

उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैँडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोदकुमार मल्ल ,एजेन्सि म्यानेजर नवराज पौडेल, लिलाधर कंडेललगायत स्वर्गीय ज्ञवालीको परिवार, छिमेकी र जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.