इसेवाले क्यानलाई दियो मेडिकल किट

  २०८० कार्तिक २० गते १७:१९     विकासन्युज

काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ ।

इसेवाले एक कार्यक्रमको आयोजना गरेर क्यानलाई मेडिकल किट प्रदान गरेको हो । क्यानलाई मेडिकल किट इसेवाका, प्रमुख बिजनेस अफिसर आशिष गौतम र चिफ स्ट्राटेजी अफिसर रबी शाक्यले हस्तान्तरण गरे ।

कार्यक्रममा खेलाडी सोमपाल कामी र आशिफ शेखलाई नगद ५० हजार हजारका दरले उपहार पनि हस्तान्तरण गरिएको थियो । सो उपहार खेलाडीहरुले एसिया कपमा गरेको प्रदर्शनको आधारमा दिइएको इसेवाले जनाएको छ ।

नेपाली खेलकुदको प्रवद्र्धन गर्नका लागि इसेवाले विभिन्न किसिमका सहयोग उपलब्ध गराउँदै आएको छ । नेपाल र नेपानी खेलकुदलाई माथि उठाउन इसेवाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व रकम मार्फत निरन्तर सहयोग प्रदान गर्दै आएको जनाएको छ ।

हाल एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले इसेवाको सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका इसेवाले जनाएको छ ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा ४ लाख भन्दा बढी मर्चेन्ट क्यू-आर सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.