नाडा अटोशोमा बुकिङ्ग भएका टाटाका टियागो इभी र पन्चको धमाधम डेलिभरी सुरु

  २०८० कार्तिक १ गते १७:५६     विकासन्युज

काठमाडौं । सिप्रदी ट्रेडिंग प्रालिले नाडा अटोशोमा बुकिङ्ग भएका टियागो इभी र टाटा पन्चको धमाधम डेलिभरी सुरु गर्न थालेको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगले गत भदौमा सार्वजनिक गरेका टियागो इभी र टाटा पन्च गाडीहरुको डेलिभरी गर्न थालेको बताएको छ ।

नाडा अटोशोमा बुकिङ्ग गर्दा टाटा मोटर्स नेपालले प्रतिज्ञा गरे जस्तै दशैं अगाडी नै गाडी डेलिभरी गरेको सिप्रदी ट्रेडिंगले बताएको छ । टाटा मोटर्सका शोरुमबाट उक्त टाटा टियागो, टाटा पन्च र टाटा नेक्सन इभी एक्स जेट प्लसको डेलिभरी भइरहेको कम्पनीले जनाएको छ ।

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा क्रुज कन्ट्रोल सहितको अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषता रहेका छन् । उक्त गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक छ ।

टियागो इभीको मूल्य २१.९९ लाख रुपैयाँ तोकिएको छ । यस्तै, टियागो एमआर एक्सटीको २२ लाख ९९ हजार रुपैयाँ, टियागो एलआर एक्सटीको २५ लाख ४९ रुपैयाँ, एलआर एक्सजेड प्लसको २६ लाख ९९ हजार रुपैयाँ र एलआर एक्सजेड प्लस टेकको २७ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

यस्तै, नेक्सन इभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्तै अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक देखिन्छ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् । नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख रुपैयाँ तोकिएको छ ।

टाटाको न्यु फरेभ रेञ्ज अन्तर्गतको टाटा पन्चको आकर्षक डिजाइन, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा छन् । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.