बेष्ट फाइनान्सले शुरु गर्यो अनलाईन एकाउन्ट ओपनिङ सेवा

  २०८० असोज २६ गते १३:०८     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजत प्राप्त यस वित्तीय संस्थाले असोज २५ गतेदेखि स्तरोन्नति सहितको यो सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले थप वित्तीय सेवाहरुसहित अनलाईन एकाउन्ट ओपनिङ सेवालाई स्तरोन्नति गरी अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको हो ।
यो सेवाको शुभारम्भ भएपछि ग्राहकहरुले सहज तथा सरल तरिकाले अनलाईन खाता (बचत तथा मुद्धती) खोल्न सक्नेछन् । साथै, भिडियो केवाईसी मार्पmत ग्राहक पहिचान गरी सम्पूर्ण कारोबार गर्न सकिने बताइएको छ ।

केवाईसी अध्यावद्यिक नभएका ग्राहकहरुले अनलाइर्न मार्फत केवाईसी अध्यावद्यिक गर्न सक्ने सुविधा समेत रहेको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.