भायानेटको २४औं वार्षिक उत्सव अफर : पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड

  २०८० असोज २५ गते १८:१३     विकासन्युज

काठमाडौं । इन्टरनेट र आइपिटिभी सेवा प्रदायक भायानेट कम्युनिकेसनले ग्राहकहरुलाई डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ ।

सन् १९९९ मा आफ्नो स्थापना भएको भायानेटले २४औँ वार्षिक उत्सवको अवसरमा विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३- महिना सदस्यता मात्र दुई हजार चार सय २४ रुपैयाँ (भ्याट बाहेक) पर्नेछ ।

यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन् । यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

साथै, भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गरेको छ । जसमध्ये भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एमबीपीएस इन्टरनेट छ उनीको २५० एम्बिपिएस अपग्रेड भएको छ । त्यस्तै, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहकले निःशुल्क ४०० एमबीपीएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निःशुल्क अपग्रेड गरिएको छ ।

२०११ मा भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स (एफ टि टि एच) को सुरुवात गर्यो । जसले देशलाई उच्च–गतिको डिजिटल युगमा अघी बढ्न सहयोग गर्यो । त्यस्तै, २०१६ मा भायानेटले आइपिटिभी सेवाहरू ल्याएर नेपालमा टिभी हेर्ने अनुभवमा नयाँपन थपेको कम्पनीको दावी छ ।

ग्राहकहरूलाई गुणस्तरीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता सहित भायानेटले कम मूल्यमा १७५ प्लस टिभी च्यानलहरू प्रदान गरेको हो । त्यस्तै, कम्पनीले आगामी दिनमा व्यक्तिगत र व्यावसायिक दुवै आवश्यकताहरूका लागि इन्टरनेट, टिभी र डिजिटल सेवाहरूको विकासशील मागहरू पूरा गर्ने प्रतिवद्धता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.