समाजवादका सटरहरु

  २०८० असोज २५ गते १८:०८     प्रकाश जैशी

नेपालको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ । आधुनिक युगमा प्रवेश गर्दै गर्दा पनि नेपालको इतिहास, संस्कृति र भेषभुषा, पौराणिक पुराण, साहित्य र शास्त्रका बारेमा पढ्न पाइन्छ । विश्वमा एउटा मात्र यस्तो देश हो, जसको न कसैले नामकरण गर्याे न कसैले यसको उत्पत्ति नै गरायो । यो देशको बैदिक उत्पत्ति र बैदिक नामकरण भएको देश हो ।

समयअनुसार बदलिँदै सत्ययुगदेखि कलियुगसम्म एकनास रहेको देश हो ‘नेपाल’ । महान ऋषि तथा भगवानले यही भगवान्त्व प्राप्त गरे । महान राजाहरूले यही देशमा जन्म लिए । नेपालले विभिन्न समयमा थुप्रै शासकहरू र शासकीय समय बितायो । गोपालवंश, मर्षिपालवंश, लिच्छिविकाल, मल्लकाल र शाहवंशीय हुँदै यो देशले अनगिन्ती कला संस्कृति, कानुन नीति नियमको जन्म दियो ।

देशलाई नविनत्म प्राप्त गर्दै गरेको थियो । विश्वमा आफ्नो अस्तित्वलाई सधंै सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता रहित राष्ट्रका रूपमा विश्वमा आफ्नो अस्तित्वलाई कायम गर्दै आइरहेको छ । नेपाल वैदिक समयदेखि आजसम्म आफूलाई विकास र बौद्धिकता जननि रह्यो । शास्त्रीय अध्ययन गर्दै विश्वका वैज्ञानिकले शास्त्र अध्ययनका लागि लगानी गर्दै संस्कृति कला र पौराणिकतालाई संम्वद्र्धन गर्दै गरेको विषय सामाजिक सञ्जालमा हेर्दै आइरहेका हुन्छौं ।

नेपालले थुप्रै विषयमा परिवर्तन ल्याउँदै आफूलाई विश्वसँग जोड्दै अगाडि बढ्यो । गोपालवंशदेखि शाहवंशीयसम्म आउँदा समाजमा थुप्रै विषय परिवर्तन भइरहेको थियो । समाजले विकास खोजिरहेको थियो । अर्को तिर शाहवंशीय राजाहरू र राणा प्रधानमन्त्रीले समाजलाई बन्धक बनाएर शासन चलाइरहेका थिए ।

जनताहरू समाज परिवर्तनसँग शिक्षा स्वास्थ्य, खानेपानी, बिजुली र सडक जस्ता विषयको उपयोगबाट आफ्नो जीवनस्तरलाई उकास्न चाहन्थे । त्यसै अवरोधमा नेपालले आन्तरिक द्वन्द्वमा फस्नु पर्यो । द्वन्द्वका सानातिना झिल्काहरू देखिँदै आए पनि सन् २००७ सालदेखि नेपाल जनता र शाहवंशीय बिचको हक र अधिकारको लडाइमा देश पर्यो । द्वन्द्वले नेपालमा शाहवंशीय शासन व्यवस्थाबाट जनताको मातहतमा शासन व्यवस्था रहने गरी गणतन्त्र नेपालको स्थापना गर्यो ।

गणतन्त्र पछिको नेपाल

शाहवंशीय शासनबाट थकित नेपाली जनताले लामो द्वन्द्वबाट र हजारौं जनताले आफ्नो बलिदान दिएर गणतन्त्र ल्याए । गणतन्त्रमा आफ्ना सन्ततिले देशमा आफूले सोचेको जस्तो काम गर्न पाउन तथा आफ्नो जस्तो बौद्धिकता लुकाउन नपरोस् । आफ्नो बोलिलाई राज्यका अगाडि स्पष्ट रूपमा राख्न सकी आफ्ना अधिकार र हक माग्न सकोस् भनेर लडेका थिए । तर, जनताले सोचेका जस्तो गणतन्त्र हुन सकेन । गणतन्त्रका अग्र मुर्चामा बसेर जसले मिठा भाषामा भाषणमा आफू तिर आकर्षण गरेका थिए ।

प्रजातन्त्रका हिमायतीहरू र समाजवादका हिमायतीका विषयले जनतालाई आकर्षण गर्यो । तर, सोझा जनता के थाहा तिनीहरू पनि छोटे महाराजहरू हुन् भनेर । गणतन्त्रले जनताको सम्वृद्धि बोल्छ राज्यसँग स्वतन्त्रता पूर्ण तरिका हक अधिकारको प्रत्याभूत रहन्छ भनेर । जनता आवस्त भएर बोल्न पाउनका लागि लडेको लडाइँमा गणतन्त्रपछि बोलेको आधारमा घाँटी रेटिन्छ भन्ने जनता महसुस नै भएन ।

गणतन्त्रले धर्मका नाम र भौगोलिक आधारमा जनतालाई लडाउँछ । वर्णका आधारमा जनतालाई वर्गीकरण गर्छ । हिजो हक र अधिकार माग्दा मर्नु पर्थ्यो तर गणतन्त्रमा आफ्नो समस्या राखेको भएर मारिनु पर्ने भएको छ । राजनीतिक पार्टीका आधार मान्छे मारिने र सत्ताका आडमा राजनीतिक आम माफी पाउने ब्याप्त प्रचलनले गणतन्त्रको नयाँ परिभाषा निर्माण गरेको छ ।

जनताले जुन समस्याका लागि लडेका थिए, त्यो समस्या आज समाजमा ब्याप्त छ । गणतन्त्रका गोली र छर्रा बोकेर आजसम्म धेरै नेपाली जनताहरू गरिबी र एकछाक लागि माग्नु पर्ने अवस्थामा छन् । निधारमा रातो कफन बाधेका कमरेडहरूलाई लाग्दो हो, ‘हामीले ल्याएको पो गणतन्त्र हो । जनताको शासन व्यवस्था हो ।’ यहाँ जनताका लागि कानुन बन्छ । अवसोच, यहाँ छोटे महाराजा तथा उनीहरूका भाईदारहरुको लागि मात्र कानुन बन्छ निति नियम निर्माण हुन्छ ।

गरिबीका बोलिको मञ्चन त चुनावी मञ्चमा मात्र हुन्छ । समाजवाद सटरहरू चुनावी बेला खोलिन्छ । त्यसपछि बन्द हुन्छ । त्यसैले गणतन्त्रको नयाँ अध्यायको सुरुवातका लागि पुराना अध्यायलाई सक्यौं । गणतन्त्रको साँचो अनुभूति गरौं ।

(लेखक जैशी रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत छन् । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.