नारायणी मोडेल माविलाई रेन वाटर हार्भेष्टिङ र खानेपानीको समाधान हस्तान्तरण

  २०८० असोज २२ गते १६:५५     विकासन्युज

काठमाडौं । स्प्लास नेपालको कार्यान्वयन टिमसँग मिलेर कोका–कोला बेभरेज नेपालले चितवनको नारायणी मोडेल माविलाई रेन वाटर हार्भेस्टिङ, ग्राउन्ड वाटर रिचार्ज र स्वच्छ खानेपानी आयोजना हस्तान्तरण गरेको छ । २०८० भाद्रमा सुरु भएको यस परियोजना १८ असोजमा वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालको उपस्थितिमा नारायणी मोडेल माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण सम्पन्न भएको छ ।

३८०० भन्दा बढी विद्यार्थी सहितको चितवनको सबैभन्दा ठूलो नमूना सामुदायिक विद्यालय नारायणी मोडेल सेकेन्डरी स्कूलमा दैनिक गतिविधिहरूका लागि पानीको अत्याधिक आवश्यकता पर्दछ । परियोजना मार्फत पिउने पानीका लागि १२ बोतल फिलरका ट्याप र ८ वटा बबलर फसेट ट्याप सहित दुईवटा यूएफ फिल्टर सिस्टम जडान गरिएको थियो । साथमा डुअल स्पाउट सहित ४ वटा बाटर स्टेसन पनि जडान गरिएको थियो । यस प्रणालीले विद्यार्थी र विद्यालय सदस्यहरू सहित ५०० भन्दा बढी व्यक्तिहरूलाई लाभान्वित गर्नेछ । परियोजना मार्फत सम्भावित पानी रिचार्जको अपेक्षित मात्रा भने वार्षिक १८ लाख लिटर अनुमान भएको छ ।

साथमा बाल क्लबहरू सिर्जना गरी पनि सेभेन फ्याट्स (सेभेन फ्ल्याग अप्रोच फर टोटल स्यानिटरी प्रोग्राम) सञ्चालन गरिएको थियो । बाल क्लबका सदस्यहरुलाई स्कुल वास प्रोग्रामबारे तालिम प्रदान गरिएको थियो । यस कार्यक्रमको लक्ष्य भनेको नेपाल सरकारले विद्यालयमा रहेको वास इन्फ्रास्ट्रकचरमा आधारित विद्यालयलाई प्रदान गरिने रेटिङमा विद्यालयलाई ३ ताराको स्ट्याटस प्राप्त गर्न मद्दत पु¥याउनु थियो । त्यसैगरी विद्यालयद्वारा फिल्ट्रेसन प्रणाली मर्मत सम्भारका लागि तालिम पनि दिइएको थियो ।

नारायणी मोडेल माध्यमिक विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले भने, ‘हाम्रो विद्यालय परिसरमा भरपर्दो र दिगो खानेपानी आपूर्ति स्थापना गरेकोमा हामी कोका–कोला बेभरेज नेपालप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । हाम्रा विद्यार्थी, शिक्षक र कर्मचारीहरूको जीवनमा परिवर्तन ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद । हामी आशा गर्छौं कि जमिनमा रिचार्ज हुने पानी र आपूर्ति गरिने पिउने पानीले प्रकृति र यहाँका विद्यार्थीलाई सकारात्मक रुपले फरक पार्नेछ । साथमा समुदायलाई पानीको मामिलामा अहिले र भविष्यका लागि थप लचिलो बनाउनेछ ।’

 

कोका–कोला बेभरेज नेपालका एम डि जी. दीपक सेन्थिल नाथले भने, ‘वाटर स्टेवार्डशिप हाम्रो दिगोपन प्रयासहरूको प्रमुख स्तम्भहरू मध्ये एक हो । नारायणी मोडेल माध्यमिक विद्यालय भरतपुरको समुदायको हिस्सा हो जहाँ हाम्रो दोस्रो प्लान्ट पनि छ । हामी आशा गर्छौं कि जमिनमा रिचार्ज हुने पानी तथा आपूर्ति गरिने पिउने पानीले प्रकृति र यहाँका विद्यार्थी दुवैलाई सकारात्मक तरिकाले फरक पार्नेछ । साथमा हाम्रो समुदायलाई पानीका लागि थप लचिलो बनाउनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’

स्प्लास नेपालका एक्जिक्युटिभ डाइरेक्टर प्रदीप खड्काले भने, ‘समग्र परियोजनाले विद्यार्थीहरूलाई सफा पिउने पानीको सहज पहुँच पु¥याउने मात्र नभई थ्रि स्टार प्रोग्राममा विद्यालयलाई राम्रो नतिजा हासिल गर्न पनि मद्दत गर्नेछ । प्रणाली कायम राख्न विद्यालयले देखाएको प्रतिबद्धता पनि दिगोपनको लागि एक प्रमुख तत्व हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.